17.9k
Shares
लेखनाथ । पोखरा–३१ लेखनाथ अलैँची कुनास्थित बेगनासतालमा गए राति एक युवा मृतावस्थामा फेला परेका छन् । प्यूठान मलरानी गाउँपालिका–४ का २२ वर्षीय अनिश श्रेष्ठ मृतावस्थामा फेला परेका हुन् । श्रेष्ठको शवपरीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ ।
इलाका प्रहरी कार्यालय सिसुवाबाट सात जनाको प्रहरी टोली घटनास्थल पुगी राति नै शव तालबाट बाहिर निकालेको थियो । नागरिकताका आधारमा मृतकको परिचय खुलेको प्रहरीले जनाएको छ ।