भारतमा भयावह बन्दै कोरोना संक्रमण, नेपाल उच्च जोखिममा 

18k Shares

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमितको संख्या पछिल्लो समय अप्रत्यासितरुपमा बढेपछि त्यसको प्रत्यक्ष असर छिमेकी मुलुकको हिसावले नेपाल पनि उच्च जोखिममा रहेको छ । 
भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार मात्र त्यहाँ ९२ हजार ९९४ मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । साथै ५१४ जनाको मृत्यु भएको छ ।
२४ घण्टाभित्र संक्रमित थपिएको यो संख्या ६ महिनायताकै उच्च हो। यसअघि २४ घण्टाभित्र सबैभन्दा बढी गत सेप्टेम्बर १९ मा ९२ हजार ५७४ जनामा संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमणले २४ घण्टामा ५ सयभन्दा बढी जनाको मृत्यु भएको लगातार २ दिन भएको छ । यसअघि शुक्रबार कोरोना संक्रमणका कारण ७१३ जनाको मृत्यु भएको थियो।
भारतमा अहिले कोरोना नयाँ भेरिएन्टको संक्रमण देखिएको छ भने महारमाीको दोस्रो लहर चलिरहेको छ । खुला सीमा भएको छिमेकी मुलुकमा कोरोना संक्रमण तीव्र बन्दा स्वाभाविक रूपमा नेपाल पनि उच्च जोखिममा परेको विज्ञले बताइरहेका छन् ।

सम्बन्धित समाचार