संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुन्छ : मन्त्री गुरुङ

18.4k Shares

काठमाडौं, १५ असोज । सहरी विकासमन्त्री सीता गुरुङले संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुने बताएकी छन् । 


सोमबार ललितपुरमा बसोबास दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयता कार्यान्वयनमा देखिएका समस्या ४० वटा संघीय कानुन बनाइसकेपछि अन्त्य हुने दाबी गरिन् । 


संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनकै चरणमा रहेकाले अहिले व्यवस्थालाई दोष दिने बेला नभएको भन्दै उनले  कार्यान्वयनकै चरणमा सबै कुरा भएन भन्न नहुने बताइन् । 

 

आम नागरिकको चासो सहरकेन्द्रित हुन थालेको बताउँदै उनले स्मार्ट सिटी, सुरक्षित नागरिक आवास, एकीकृत बस्ती विकासको योजना अघि सारे पनि कार्यान्वयन लैजान नसकिएको स्वीकार गरिन् । 
 

सम्बन्धित समाचार