18k
Shares
बैतडी, ३ साउन । डिलासैनी गाउँपालिका-२ गोगनीका ५२ वर्षीय शिक्षक जयबहादुर गडाल बेपत्ता भएको २८ दिन वितेको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक दिपक गिरीका अनुसार गडाल भदौ ५ गते बेपत्ता भएका थिए। उनी सोही गाउँपालिकाको लटिनाथ आधारभूत विद्यालयका शिक्षक हुन्।
भदौ ५ गते स्कुलबाट निस्किएका गडाल घर नपुगेपछि ६ गते साँझ परिवारले प्रहरीमा निवेदन दिए पनि उनको अहिलेसम्म पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ। परिवारले निवेदन दिएपछि प्रहरीले खोजी गरेको हो। खोजी गर्नेक्रममा प्रहरीले गन्नागाड (खोला) झर्नेबाटोबाट छाता, टोपी, मोबाइल, चप्पल भेटाएको जनाएको छ। उनको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ।