प्रदेश दुईमा डीआईजी सिंहको नाम लिँदै व्यापक असुली 

16.9k Shares

सर्लाही । अहिले दुई नम्बर प्रदेश तस्करीको लागि सुनौलो स्थान बनेको छ । नजिकिदै गरेको होली पर्वलाई लक्क्षित गरि अहिले यश प्रदेशमा ठूलो तस्करी चलिरहेको छ ।
सर्लाहीमा पनि यसरी नै तस्करी चलेको छ । नेपाल प्रहरीको दुई नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएका घुमुवा प्रहरी जवान रामसेवक ठाकुरले डिआइजी धिरज प्रताप सिंहको नाम लिँदै तस्करहरूलाई लाइन मिलाउने नाममा ठूलो आर्थिक कारोवारको लेनदेन असुली गरेको समेत खुलेको छ । 
सीमावर्ती चौकी र इलाका प्रहरी कार्यालयका प्रमुखहरूलाई केही  असजिलो परे म डिआइजी सापलाई भनेर मिलाउछु, छानबिन हुदैन र कसैले केही गर्न सक्दैन भन्दै तस्करीको सेटिङ मिलाउने गरेको समेत जिल्ला प्रहरी कार्यालयका प्रहरी नै बताउँछन् । रौतहट घर भएका ठाकुर लामो समयदेखि घुमुवाको रूपमा कार्यरत रहिरहेका छन् ।
तत्कालीन मध्य क्षेत्रिय प्रहरी कार्यालय अर्थात अहिले बागमती प्रदेश प्रहरी कार्यालय पनि उनी घुमुवा भएर बसेका थिए । हाल अवकाश भएका तर त्यतिबेला ज्यादै बदनाम भएका सई बुद्धि चौधरीको नेतृत्वको घुमुवा टोलीमा ठाकुर पनि घुमुवा थिए। अहिले प्रदेश प्रहरी र डिआइजी सिंहको नाम भजाउदै ठाकुरले बिजय चौधरी, बिजय पुकार, सुनिल सिंह, राजाराम ठाकुर, सरोज यादव र मलंगवाका पटेल थर भएका व्यापारीलाई तस्करीको लाइन दिएका छन् । बलरा नाकाबाट कपडा मटरको ठूलो तस्करी लाइन चलेको छ ।
 

सम्बन्धित समाचार