गैह्रीगाउँ हत्या प्रकरण : अनुसन्धानका लागि एसएसपी राठौरको नेतृत्वमा पाँच सदस्यीय समिति गठन

21k Shares

काठमाडौँ ।  काठमाडौँ महानगरपालिका ३२ तीनकुने स्थित गैह्रीगाउँमा गए राति चार जनाको हत्या गरिएको घटनाको अनुसन्धान गर्न समिति गठन गरिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरको नेतृत्वमा चार सदस्यीय समिति गठन गरिएको हो । 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार राठौरको नेतृत्व रहने समितिमा प्रहरी नायव उपरीक्षकहरू हरि खतिवडा, सुवास खड्का, सुरक्षा केसी र  प्रहरी निरीक्षक वीरेन्द्र केसी सदस्य रहनेछन् । 

तीनकुने स्थित दिव्य सःमिल भित्र काठले बनेको एक तले जस्ताको टहरोमा धारिलो हतियार प्रहार भएको अवस्थामा दुई पुरुष र दुई महिलाको शव फेला परेको थियो । उनीहरुको टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट लागेको पाइएको छ । 

सम्बन्धित समाचार