काठमाडौ, २९ भदौ । परराष्ट्र सचिव भरतराज पौड्याल र चिनियाँ राजदूत छन् सोङबीच भेट भएको छ। अमेरिका उड्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न शुक्रबार विहान बालुवाटार पुगेका चिनियाँ राजदूत छन् सोङ आज दिउँसो परराष्ट्र सचिव पौड्यालसँग भेट गरेका हुन्।
सचिव पौडेललाई भेट्न राजदूत सोङ सिंहदरवारस्थित परराष्ट्र मन्त्रालय पुगेका थिए। सचिव पौडेलसमेत शनिबार साँझ प्रधानमन्त्री दाहालसँग अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछन्।
परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार सचिव पौड्याल र राजदूत सोङबीच प्रधानमन्त्रीको चीन भ्रमणका बेला हुने विषयबस्तुको बारेमा छलफल भएको थियो। परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको चीन भ्रमणका बेला उठान हुने विषयबस्तुको टुंगो लगाउन अन्तिम प्रयास गरिरहेको छ।