17k
Shares
काठमाडौं, २७ भदौ । अभिनेता राजेश हमालले कपुरधारामा रहेकाे आफ्नो घर भत्काएका छन् । बूढानीलकण्ठको सिद्धार्थ कोलोनीमा नयाँ घर निर्माण भइरहेको बेला काठमाडौंको कपुरधारास्थित आफ्नो पुरानो घर भत्काएका हुन् । कपुरधारास्थित रहेकाे घर राजेशका बुवाले बनाएका थिए ।
पछिल्लो समय राजेश र उनकी पत्नी मधु भट्टराई सोही कोलोनी नजिकैको घर भाडामा लिएर बस्दै आएका छन् । राजेश यतिबेला भने बेलायतको लण्डनमा घुमघाम गरिरहेका छन् ।