रियलको जितमा बेन्जिमाको दुई गोल 

16.7k Shares

काठमाडौं । साविक विजेता टोली रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई ३–१ गोल अन्तरले हराएको हो । सेल्टाको घरेलु मैदानमा भएको खेलमा करिम बेन्जिमाले दुई गोल गरे । त्यस्तै मार्काे एसेन्सियोले एक गोल गरे । उता सेल्टाका लागि सान्टी मिनाले एक गोल फर्काए । 
खेलको २० औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाए । ३० औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।
४० औं मिनेटमा मिनाले गोल गर्दै घरेलु टोलीलाई २–१ गोलको अवस्थामा पुर्याए । खेलको इन्ज्युरी समयमा एसेन्सियोले गोल गर्दै रियललाई ३–१ गोलको जित दिलाए ।
जितसँगै रियलले २८ खेलबाट ६० अंक जोडेको छ । रियल लिगको दोस्रो स्थानमा पुगेको छ । पराजित सेल्टा ३४ अंकसहित तालिकाको ११ औं स्थानमा छ । 

सम्बन्धित समाचार