निसानको म्याग्नाइट एसयुभीः अब नयाँ अटोमेटिक म्यानुअल ट्रान्समिसनमा पनि आउँदै

16.9k Shares

काठमाडाैं | नेपालमा निसान गाडीका अधिकारिक विक्रेता पायोनियर मोटो कर्पले निसान म्याग्नाइटको नयाँ संस्करण (भेरियन्ट) सार्वजनिक गर्ने भएको छ । नेपालमा सन् २०२१ मा सार्वजनिक भएको यो भेरियन्ट ‘बिग’, ‘बोल्ड’, ‘ब्युटिफुल’ र ‘कारिज्माटिक’ एसयुभी निसान म्याग्नाइट अब अटोमेटेड मेनुअल ट्रान्समिसन (एएमटी)सहित उपलब्ध हुने कम्पनीले जनाएको छ ।

निसान म्याग्नाइट एएमटीले स्वचालित ट्रान्समिसनको सहजतालाई—म्यानुअल ट्रान्समिसनमा चालकले अनुभव गर्ने बृहत्तम कन्ट्रोल (नियन्त्रण) र म्यानुअल ट्रान्समिसनको कार्यकुशलतासँग जोड्दै—दुवैतर्फको उत्कृष्ट सुविधा प्रदान गर्ने बताइएको छ । निसान म्याग्नाइटको नयाँ एएमटी गाडी पाँच मुख्य भेरियन्टमा उपलब्ध हुनेछन् । जसमा एक्सएल मिड, एक्सभी उप्पेर, एक्सभी उप्पेर ड्युल, एक्सभी प्रिमियम र एक्सभी प्रिमियम ड्युल रहेका छन् ।  

निसान मोटर साउथ एसिया बिजनेस युनिटका प्रमुख रघुनाथ नैरले भन्छन्, ‘निसान म्याग्नाइटमा नयाँ एएमटी सुविधा आउनुले— निसानको निरन्तर इनोभेसन (नवप्रवर्तन)द्वारा ग्राहकलाई समृद्ध ड्राइभिङ अनुभव प्रदान गर्ने सुविधालाई झल्काउँछ ।

म्याग्नाइटमा रहेको नयाँ एएमटी सुविधा नेपाली उपभोक्ताहरूको आवश्यकता अनुसार निकै उपयोगी हुने पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार सारडाको भनाइ छ ।

निसान म्यागनाइट एएमटी चाँडै नै देशव्यापी रुपमा उपलब्ध हुने तयारीमा रहेको कम्पनीले जनाएको छ । यस्तै, म्यागनाइट एएमटीको लन्च नाडा अटो शोमै हुन गइरहेको छ । 

सम्बन्धित समाचार