पैसा ठगी गर्ने कार्यमा संलग्न आरोपमा महिला पक्राउ

18k Shares

काठमाडौँ । अस्ट्रेलिया पठाइदिने नाममा ९ लाख रुपैयाँ ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर ठिमी घर भई हाल सामाखुसी बस्ने ५० वर्षीय रत्न केशरी श्रेष्ठ रहेकी छन् ।  

 अस्ट्रेलिया पुगेपछि होटेलमा काम गरेर मासिक ३ लाख भन्दा धेरै तलब हुने भन्दै प्रलोभनमा पारेर पीडितबाट पटक पटक गरी जम्मा नौ लाख  रुपैयाँ ठगेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।  उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

सम्बन्धित समाचार