19.6k
Shares
सुर्खेत । रुकुम पश्चिममा कामदार बोकेको ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । मुसिकोट खलङ्गाबाट चौरजहारीतर्फ जाँदै गरेको भे २ त १४६१ नम्बरको ट्याक्टर दुर्घटना भएकाे हाे।
घाइते हुनेमा ट्याक्टर चालक चौरजहारी नगरपालिका–१ का वर्ष २४ का निर्मल थापा, सोही ठाउँका वर्ष २२ का पारस विष्ट, उदयपुरको उदयपुर गढी नगरपालिका ५ का वर्ष २१ का कृष्ण मगर, सोही ठाउँकै वर्ष २१ पेशल मगर, वर्ष २३ का सुशील राई र वर्ष २१ का सागर राई रहेको रुकुम पश्चिम प्रहरीले जनाएको छ । घाइते सबैको अवस्था सामान्य रहेको उनीहरूको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको जिल्ला छ।