साईवर स्याल का पति ओलीलाई  चेतना ..भया !!!!!!

18.7k Shares

ल !!! आफु पार्टी र देशको अभिभावक घोषणा गर्दै पत्रकार मातृका पौडेललाई अन्तर्वाता दिईरहेका घोर दक्षिणपन्थी एवं संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई पटक्कै नसुहाउँदो प्रधानमन्त्री रहेका के.पी. ओलीको भन्दा बढी योगदान अहिलेको गणतन्त्रमा मेरो छ हैं !! बयलगाडे ओलीले त्याग, निष्ठा, आन्दोलन एवं बलिदानलाई मट्टीमेल्ट पार्दाको पीडित खोज्न अन्यत्र नगएर मलाई भेटे पुग्छ !! जनता सुतेका वेला आधारातमा राष्ट्रघाती महाकाली सन्धि गराएर बार्षिक १ खर्व २० अर्ब आम्दानी हुन्छ भन्दै ओली डुक्रिएको क्यासेट रेकर्ड म जनयुद्धको घाईते कमल मिश्रसंग सुरक्षित छ भने तत्कालीन एमालेभित्र चरम राजाबादी भुपालमान सिंह कार्कीका सुपुत्र लोकबन्धुहरुलाई छिराउँदै गर्दा मल्लिक आयोगका दोषीलाई कारबाही गर्छु भन्ने एउँटा मानव अधिकाबादी संस्थाले तयार गरेको उमेद्वार प्रतिवद्धतामा सहि गराउँन जाँदा अनि महाकाली सन्धिलाई राष्ट्रघाती भनेर कलेजका बिद्यार्थी बीच एमाले अखिलको केन्द्रीय नेताको हैसियतले भाषण गर्दा मलाई झापाको पार्टी कमिटिबाट आदेश छाटेर हटाउँन लगाउँने ओली महाशय !!!! न मेरा अभिभावक हुन !!! न जनता र राष्ट्रकै नै हुन सक्छन !!! उनि त कम्युनिस्ट मास्न खोलिएको तत्कालीन राष्ट्रबादी स्वतन्त्र विद्यार्थी मन्डल (मन्डले)गुठका बर्तमान सांसद राजेन्द्र लिङदेन, कोमल वली, अनि भित्र भित्रै भारतीय सुरक्षा स्वार्थमामा काम गर्ने भारतको सरकारी गुप्तचर संस्था रिसर्च एन्ड एनलाईसिस विङ्स (रअ)का प्रमुखहरु आलोक जोशीदेखि सामन्त कुमार गोयलका मात्र अभिभावक बन्न सक्छन् !! ओली बा अब २०३६ सालदेखिका भुक्तभोगी कम्युनिस्ट कुन्दन भट्टराईका स्थानमा म संगै २०५६ सालमा माक्सवाद भनेको केहो ? भनेर प्रश्न गर्ने हाल जिल्ला समन्वय समिति  झापाका अध्यक्ष बनाईएका भुईफुट्टा कम्युनिस्ट सोम पोर्तेल जस्ता हनुमानका अभिभावक बनेका छन् !! बल्की त्याग, बलिदान र समर्पणका होईनन् !! मन्डले राजाबादी राजेन्द्र लिङदेनलाई निर्वाचित गराउँदा बिरोध गर्ने तिनै मन्डलेको कुटाई खाएर सहिद  भएका तत्कालीन नेकपा मालेका कार्यकर्ता प्रजापति सापकोटाका छोरा बिरेन्द्र सापकोटालाई पार्टीबाट लखेट्ने !!!! देखि लिएर बुर्जुवा नै भएपनि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान पारित गराउने र शान्ति वहाली गर्न अग्रणी भुमिका खेलेका कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई हराएर मजाक लिने धामी झाँक्री पेशाका अगुवा कुनै बेला झापाका चर्चित सुकुम्वासी मोहन प्रसाद ओलीका छोरा यी चारवटा बंङ्गलोका बर्तमान मालिक के.पी. ओलीले अभिभावक बन्ने नै रहर भए म जस्ता आन्दोलन पीडित घाईते र उनिसंगै जेल बसेका झापा आन्दोलनका भुक्तभोगीहरु सानो दुर्गा अधिकारी, भिष्म धिमाल, मंगलमणि सतार, बिरेन्द्र सिंह राजवंशी, रुद्र सुवेदी, हर्क खड्का लगायतकाहरुको परिवारजनको असल अभिभावक बन्न सिक यात प्रधानमन्त्री पद छोड !!! खवरदार !!! राष्ट्रियता र जनताको बिरुद्धमा सरकारी निवास बालुवाटारमा बसेर हामीले रगत बगाएर ल्याएको लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्री र पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारी, जीवराज आश्रितहरूको बलिदानबाट हुर्किएको पार्टीको नेता बन्न तिमी ओली लायक छैनौ त्यसैले दुबै पदबाट तुरुन्तै राजिनामा देऊँ !! हे....साईवर स्यालका पति साई्र स्यालपति !!! ओलीलाई मेरो त खुल्लम् खुल्ला चुनौती यहिँ लेख मार्फत् दिन चाहन्छु । हें साईवर स्यालका पति के.पी.  तिमीलाई तुरुन्त चेतना ..... भया !!!!!!!!
 

सम्बन्धित समाचार