नेपाली फिल्म ‘गुराँस’ एसियाको प्रतिष्ठित बुसान फिल्ममा छनोट

17.1k Shares

काठमाडौं । नेपाली फिल्म ‘गुराँस’ एसियाको प्रतिष्ठित बुसान फिल्म फेस्टिभलमा छनोट भएको छ । सौरभ राईद्वारा निर्देशित यो फिल्म  बुसानले  ‘अ विन्डो अन एसियन सिनेमा’ विधामा छानिएको  छ ।

 मेनुका प्रधानको शीर्ष भूमिका रहेको फिल्मले हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षीया बालिकाको आँखाबाट दार्जिलिङको बदलिंदो आर्थिक र सामाजिक सम्बन्धको कथा पेश गर्छ । ‘गुराँस’लाई लोआइक्यू प्रोडक्सनसँगै आइसफलका रामकृष्ण पोखरेल र सञ्जय गुलाँटीले निर्माण गरेका हुन् । फिल्ममा तुलसी खवासले ‘गुराँस’को रुपमा शीर्ष भूमिका निर्वाह गरेकी छन् । 

सम्बन्धित समाचार