घुमुवा प्रहरीकै सेटिङ्गमा महोत्तरीमा तस्करी मौलाउँदै

21.1k Shares

महोत्तरी । महोत्तरी जिल्लाको मठिहानी भन्ने ठाउँ भारतको मधबापुर बजारसंग टाँसीएको हुदा मठिहानी नाकाबाट ब्यापक तस्करी हुने गरेको छ । तस्करलाई तस्करी गर्न सहज बनाउने काम सीमा प्रहरी मठिहानीको घुमुवा प्रहरी जवान मनोज साहले गर्दै आएका छन् ।  घुमुवा मनोज साह बिगत चार वर्ष देखी सिमा प्रहरी मठीहानी कै घुमुवाको रुपमा परिचालित छन्  । 
मठीहानिबाट हुने तस्करीको संजाललाई सघाउन तथा संरक्षण दिने काम जिल्ला प्रहरी महोत्तरीको घुमुवा प्रहरी हबलदार राजेश यादवले गर्ने गरेका छन् । हबलदार राजेश यादब विगत एक दशक देखी जिप्रका महोत्तरीको घुमुवाको रूपमा काम गर्दै आएका छन् । हबलदार राजेश यादवको महोत्तरीमा हुने तस्करी, गांजा तस्करी, अबैध हुंडी कारोबारका संजाल सित वर्षोंदेखि सम्पर्क भएको हँुदा जुनै महोत्तरी प्रहरी प्रमुख आउँदा घुमुवा यादबलाई नै अबैध पैसा असुलन जिम्मा दिने गरेका छन् । प्रहरी संगठनमा सरूवा पदस्थापनको नीति नियम हुन्छ तर घुमुवा राजेश यादवमाथि सरुवा पदस्थापनको नीति नियम लागू हँुदैन् । किनभने घुमुवा हबलदार राजेशको महोत्तरीबाट सरूवा भएको भएपनि त्यहाँ एसपीले आर्थिक लाभ लिन कै लागी घुमुवा यादवलाई निजको दरबन्दी न पठाई महोत्तरी मैं घुमुवा को रुपमा राखेको छ । घुमुवा मनोज साह र राजेश यादबजस्ता प्रहरी कर्मचारीले गर्दा नै महोत्तरी प्रहरी बदनाम छ ।मठिहानीबाट लाइन पाउने ब्यापारीहरू बिंदेस्वर नायक ,प्रमोद  साह, बिनोद साह, रंजीत यादव, सुजित साह, सुकेश नायक, भुट्टाजस्ता छन् । ब्यापारीले दिनमा लाखौं मूल्य बराबरको समान भंसार छलेर नेपाल भित्र्याउने गरेका छन् र तस्करीमा संलग्न ब्यापारीसँग  महिनाको मोटो रकम घुमुवा राजेश यादब र मनोज साहले असुल्ने गरेका छन् ।

सम्बन्धित समाचार