काठमाडौं । ललितपुर किक बक्सिङले आयोजना गर्दै आइरहेको बीर गणेशमान सिंह स्मृति खुल्ला किक बक्सिङ प्रतियोगिता आगामी चैत २७, २८ र २९ गते चापागाउँको प्याङगाउँमा आयोजना हुने भएको छ ।
नेपाली कांग्रेस केन्द्रिय खेलकुद बिभाग तथा ललितपुर किकबक्सिङद्वारा आयोजित चौथो वीर गणेशमान सिंह स्मृति खुल्ला राष्ट्रिय किकबक्सिङ प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेस सभापति पुर्ब प्रधानमन्त्री शेर बहादुर देउवाले गर्ने सो प्रतियोगिताका संयोजक नेपाली कांग्रेस केन्द्रिय खेलकुद बिभाग सचिब एबम् राष्ट्रिय खेलकुद परिषद पुर्ब कोषाध्यक्ष मीन कृष्ण महर्जनले खोजतलासलाई बताए ।
चैत्र २६ २७ र २८ गते ३ दिन सम्म चल्ने उक्त प्रतियोगितामा नेपाली सेना नेपाल प्रहरी, शसस्त्र प्रहरी कराते, तेक्वान्दो, बक्सिङ उसु, मुआई थाई के.ज्ञ, फुल कन्ट्याक्ट करातेलगायत नेपालका चर्चित राष्ट्रिय खेलाडीले भाग लिने ललितपुर किकबक्सिङ संघ अध्यक्ष पूर्ब राष्ट्रिय खेलाडी बिनोद महर्जनले जानकारी गराएका छन् । उक्त प्रतियोगितामा पुरुषतर्फ ५०, ५५, ६०, ६५, ७०, ७५ केजी र खुल्ला तौल समुहमा प्रतिस्पर्धा हुने छन् भने महिलातर्फ ५५, ६०, ६५ केजी र खुल्ला तौलमा प्रतिस्पर्धा हुने छन् ।
उक्त प्रतियोगितामा प्रत्येक तौल समुहमा प्रथम हुने खेलाडीलाई ३० हजा,र द्वितीय हुने खेलाडीलाई १५ हजार र तृतीय हुने २ जना खेलाडीलाई जनहि ८—८ हजार प्रदान गरिने छ । त्यस्तै उत्कृष्ट खेलाडी पुरुष र महिलालाई २५ हजार नगद प्रदान गरिने छ । त्यस्तै सबैभन्दा बढि स्वर्ण पदक हासिल गर्ने प्रथम टीमलाई टीम च्याम्पियन स्वरुप १ लाख प्रदन गरिने छ भने त्यस्तै दोस्रो हुने टीम च्याम्पियनलाई ५० हजार र तेस्रो च्याम्पियनलाई २५ हजार प्रदन गरिने छ । उक्त प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि नेपाली कांग्रेस महामन्त्री पुर्ब गृहमन्त्री पुर्ण बहादुर खड्काले पुरुस्कार बितरण गरिने कार्यक्रम रहेको छ । साथै उक्त प्रतियोगितामा विशेष अतिथिमा नेपाली कांग्रेस केन्द्रिय सदस्य पुर्ब अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, केन्द्रीय सदस्य पुर्ब खेलकुद मन्त्री एनपि साउद, नेपाली कांग्रेस प्रवक्ता बिश्व प्रकाश शर्मा, नेपाली कांग्रेस केन्द्रीय खेलकुद बिभाग प्रमुख पुर्ब सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेत, तरुण बिभाग प्रमुख पुर्ब मन्त्री शंकर भन्डारी, केन्द्रिय सदस्य शिब हुमागाई, ललितपुर जिल्ला सभापति मदन बहादुर अमात्य, पुर्ब अर्थ राज्यमन्त्री उदय शम्सेर राणा लगायतको उपस्थिति रहने प्रतियोगिता संयोजक मीन कृष्ण महर्जनले बताए । आयोजकले नेपाल कै सबैभन्दा ठुलो धनराशिको प्रतियोगिता गर्दै आई रहेको यो चौथो पटक हो ।