17.5k
Shares
काठमाडौं । सोमबार एमाले पार्टी कार्यालय धुम्बाराहीमा चलेको छलफलपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले बैठक सुरुमा मीठो भए पनि अन्तिममा टर्को भएको प्रतिक्रिया दिएका छन् ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै वरिष्ठ नेता नेपालले बैठक सकारात्मक नभएको निष्कर्ष सुनाएका हुन्। उनले बैठकमा कार्यदल बनाउने विषयमा पनि आफूहरूले धारणा राखेको बताए ।
बैठकमा नेपाल पक्षले ओली पक्षले गत फागुन २८ गते गरेको निर्णय रद्द गर्नुपर्ने अडान राखेको थियो। तर, ओली पक्षले अस्वीकार गरेका थिए ।