कुशल भुर्तेल भए आउट

16.9k Shares

काठमाडौँ । एसिया कप क्रिकेटको भारतविरुद्दकाे खेलमा सोमबार नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशललाई गुमाएको हो । उनी ३८ रन बनाउँदै पेभेलियन फर्किए । उनले २५ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काए । उनले एकदिवसीय खेलमा एक हजार रन पनि पुरा गरेका छन् ।

उनको विकेट भारतीय बलर सार्दुल ठाकुरले लिएका हुन् । उनी सार्दुलको बलमा इशान किशनद्वारा आउट भए । नेपालले ९.५ ओभरमा एक विकेट गुमाएर ६५ रन बनाएको छ । नेपालले टस हारी पहिलो ब्याटिङको निम्तो पाएको हो । नेपाल र भारतबीचको खेल श्रीलंकाको केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ ।  त्यसअघि खेलको प्रारम्भमै भारतीय फिल्डरले नेपालका दुबै ओपनर ब्याट्सम्यानको क्याच छाडेका थिए । दुबै ओपनर कुशल भुर्तेल र आशिफ शेखले तीनपटक क्याच आउट हुनुबाट जोगिए । पहिलो ओभरमा मोहम्मद सामीको बलमा श्रेयस ऐयरले नेपालका ओपनर कुशल भुर्तेलको क्याच छाडेका थिए । 

सम्बन्धित समाचार