पर्साको भिश्वा नाकाबाट तस्करी धन्दा सुरु

22.9k Shares

बिरगंज । पर्साको भिश्वा नाकाबाट केही दिन यता व्यापक तस्करी धन्दा सुरू भएको छ । तस्करहरूले सुरक्षाकर्मीहरूको सेटिङमा तस्करी धन्दा चलाएका छन् । सुरक्षाकर्मीहरूको संरक्षण र सेटिङ बिना यस नाकाबाट तस्करी सम्भव नै छैन । बिरगंज बजारबाट टाढा अलि टाढा भएको कारण पनि तस्करहरूले तस्करीको लागि जिल्ला प्रहरी वा सशस्त्रको गणसम्म मिलाउन आवश्यक छैन । त्यही कार्यरत सुरक्षाकर्मी मिलाए पुग्ने अवस्था भएको कारण पनि भिश्वाबाट तस्करी गर्न र गराउन सजिलो भएको कारण तस्करहरूले भिश्वाको नाका बढी प्रयोग गर्न थालेका छन् ।
केही समय यता रोकिएको कवाडीको तस्करी फेरि यसै नाकाबाट शुरू भएको छ । यसका अलवा चाइनिज स्याउ, केराउ, मरिच, छोकडा र सुपारीको तस्करी पनि भिश्वाबाट केही दिन यता निकै चलिरहेको छ । अहिले सबैभन्दा बढी तस्करी गौरव रोड क्यारियरको नामबाट भएको स्थानीय बासिन्दा बताउँछन् । यस संवाददाताले उक्त क्यारियर कसको रहेछ भनी सोधपुछ गर्दै जानेक्रममा पत्ता लाग्यो कि हरि कुशबाहको रहेछ । उनी धेरै पहिलेदेखि तस्करी धन्दामा संलग्न बिबादास्पद व्यक्ति हुन । यसअघि पनि धेरै पटक उनले तस्करी धन्दा चलाउदा सामान पक्राउ परेर भन्सार तथा राज्श्वमा बुझाउने काम सुरक्षाकर्मीहरूबाट हुदै आएको छ । अहिले पनि बिरगंज बजारबाट भिश्वाको लागि भनी चाइनिज स्याउ, सुपारी, छोकडा, केराउ, मरिचदेखि कस्मेटिकका सामानहरू लैजाने अनि सुरक्षाकर्मीको संरक्षणमा भारततर्फ तस्करी गर्ने काम गौरव रोडका नाममा हरि कुशवाहले गरिरहेका छन् । भिश्वाका स्थानीयले न त ती सामान नै उपभोग गर्छन् न त प्रयोग नै । न त त्यसरी लिएर गएको सामान भिश्वामा खपत नै हुन्छ । बिरगंजबाट हरि कुशवाहले लगेका सामान भारततर्फ तस्करी हुँदै आएको छ । भिस्वा बजार समितिको ट्याक्टरमा वीरगंजबाट खुद्रा सामान ल्याउने र अनुकूल समयमा भारत पठाउने गरिन्छ । बजार समितिले स्थानीय व्यापारीहरूको मालसामान वीरगंजबाट खुद्रा ल्याउने र पसललाई दिने परम्परा रहे पनि सोही आडमा भारत पु¥याउने सामानहरू ल्याउने गरिएको पाइएको छ ।
भिस्वाबाट फेरि परम्परागतरूपमा तस्करी शुरू भएको छ । अहिले भारतबाट हार्डवेयर, बिजुली, खाद्यान्न, लत्ताकपडालगायत अन्य सामग्री साइकल, मोटरसाइकलबाट तथा पैदल भरियाहरूले ओसार्ने गर्छन् । भिस्वा नाकामा नेपालबाट चाईनीज स्याउ ,कवाड, युनिलिवरको सेम्पू ,क्लोजअप पेस्ट, फेयर एण्ड लब्ली क्रीम जस्ता कस्टमेटिक समान, मरिच, सुपारी र केराउ, मदिरा र मटरदाल लगायतको ठुलो तस्करीको लाईन दिएको खुलासा भएको हो । भिस्वा बजार समितिको ट्याक्टरमा वीरगंजबाट खुद्रा सामान ल्याउने र अनुकूल समयमा भारत पठाउने गरिन्छ । बजार समितिले स्थानीय व्यापारीहरूको मालसामान वीरगंजबाट खुद्रा ल्याउने र पसललाई दिने परम्परा रहे पनि सोही आडमा भारत पु¥याउने सामानहरू ल्याउने गरिएको पाइएको छ । त्यस्तै इन्डियाबाट किराना आईटम, हाडवेयर ,मेशिनरी पार्ट्स, इलेक्ट्रोनिक्स सामान, मोटसपार्टस, हुण्डी करोबार, प्रतिबन्धित लागुऔषध, कपडा, चौपाया र पंछीजन्य बस्तु लगायतको अवैध आयात पनि उत्तिकै छ ।
भिस्वामा तस्करी गोदाम दशगजा क्षेत्र नजिक नै रहेको र रात पर्नासाथ अर्थात रातको दश बजेदेखि बिहान चार बजेसम्म तस्करीका सामान लाईन दिएपश्चात कटाई दिने गरेको स्रोतले बतायो । नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटिएको छ तर तस्करी भन्ने उनीहरुकै अगाडिबाट हुन्छ भने यसको जिम्मा कस्ले लिने ? प्रश्न गम्भीर भएर खडा भएको छ । सशस्त्र प्रहरीले सीमा सुरक्षा भन्दा पनि तस्करहरुसँग मिलेर कमाउ धन्दा सुरु गरेको यहाँ आउने जोकोहीले देख्न सकिन्छ । तस्करहरुको समानलाई स्कटीङ गरी सुरक्षित रुपमा बोर्डर कटाउनेसम्मको काम भैरहेको छ । सीमा सुरक्षामा खटेका प्रहरीले चाहने हो भने कुनै पनि बस्तुको तस्करी सम्भव नहुने उनले दावी गरेका छन् ।स्याउ तस्करले ९५ हजार, कवाड तस्करले मासिक ८५ हजार र जुट तस्करबाट ७५ हजार रुपैयाँ मासिक रुपमा बुझाएर तस्करी खुल्ला गरेको कुरा बाहिरिएको छ । मुलुकका सीमा नाकाबाट हुने गरेको तस्करी गतिविधि बन्द गराउने र देशको अर्थतन्त्र बढाउने नाममा खटिने गरेको सशस्त्र प्रहरीले संगठनले दिएको निर्देशनलाई धज्जी उडाउँदै गलत प्रयोग गरी आफ्नो बर्दीलाई कमाईखाने भाडो बनाउने गरिएको छ ।

सम्बन्धित समाचार