एसईई परीक्षा आगामी जेठ १३ गतेबाट

19.7k Shares
काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा ९एसईई० परीक्षा आगामी जेठ १३ गतेदेखि शुरु हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा आगामी  २०७८ जेठ १३ गतेदेखि २४ गतेसम्म संचालन गर्ने निर्णय गरेको छ ।
एसईई परीक्षा प्रदेशस्तरीय हुने भनिएपनि आवश्यक कानून निर्माण हुन नसक्दा गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा बोर्डले नै देशभर परीक्षा संचालन गर्ने निर्णय गरेकोले सोही अनुरुप परीक्षा बोर्डले निर्णय गरेको छ ।
गत वर्ष कोभिड१९ को महामारीका कारण विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरी नतिजा प्रकाशित गरिएको थियो ।
सम्बन्धित समाचार