22k
Shares
काठमाडौं, १५ भदौ । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन्। मुटुमा केही असहज भएपछि शाह शुक्रबार मण्डिखाटारस्थित ह्याम्स अस्पताल भर् भएका हुन्।
अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माका अनुसार पारसको स्वास्थ्य अवस्था हाल सामान्य छ। मुटुमा यसअघि पनि समस्या देखिएको र आईसीडी राखिएकोले २४ घण्टा सुपरिवेक्षणका लागि भर्ना गर्ने निर्णय लिइएको उनको भनाइ छ।
पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल पुगेका छन्।