आरजुलाई जोगाउन के सम्म गरियो

18.4k Shares

काठमाडौं । यतिबेला एशियाकै भ्रष्टाचार महिलाबारे अनुसन्धान भयो भने आरजु देउवा पहिलो स्थानमा पर्ने निश्चित छ । उनी देशमा हुने हरेक ठूलो भ्रष्टाचारमा संलग्न पाइएको घाम जत्तिकै छर्लंग भएको छ । हरेक नियुक्तिमा दशौं करोडको डिल गर्ने आरजुले अकुत सम्पत्ति विदेशमा लुकाएको विषय पनि बेला बेलामा आइरहन्छ । चुनावमा टिकट लिन चाहने काँग्रेस नेताहरुबाट पनि आरजुले ठूलै रकम संकलन गर्न सकिन् । प्रहरी र कर्मचारी बढुवा र सरुवामा उनले आफू निकटको समूहलाई सक्रिय बनाएर रकमको व्यवस्थापन गर्न लगाउने गर्छिन् । यसकारण उनले भ्रष्टाचारमा बदनाम कमाइसकेकी छिन् । तैपनि, उनीमाथि कारबाहीको हिम्मत गर्ने आँट प्रचण्डले समेत गरेनन् ।

नक्कली भुटानी शरणार्थीको मामलामा आरजुको भूमिका पत्ता लागेको थियो । तर, पक्राउ परे बालकृष्ण खाँण मात्र । यो प्रकरणमा आरजु तानिनसक्ने देखेर काँग्रेस सभापति शेरबहादुर देउवाले प्रहरीमा व्यापक सरुवा गर्न लगाएका छन् । भित्री रुपमा अनुसन्धान गर्ने प्रहरीको एउटा समूह नै तितर वितर पार्ने गरी देउवाले प्रचण्डलाई प्रहरी सरुवाका लागि वाध्य पारेका छन् । श्याम ज्ञवालीलाई उपत्यका प्रहरीबाट सरुवा गर्न लगाइएको छ । अपराध अनुसन्धानमा आरजुले पत्याएकी सोमेन्द्रसिंह राठौर लगिएका छन् । पूर्णबहादुर खड्काका विश्वासपात्र भूपेन्द्र खत्री काठमाडौं परिसरमा सरुवा भएका छन् । यो खेल आरजुलाई जोगाउनकै लागि खेलिएको थियो ।

देउवाले सत्ता समिकरण नै बदल्ने चेतावनी दिएपछि प्रचण्ड देउवाको प्रस्ताव मान्न तयार भए । फलस्वरुप व्यापक सरुवाहरु भए । प्रचण्डले गृहमन्त्रालय सम्हालेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई समेत बेवास्ता गर्दै एआइजी सरुवाको निर्णय लिए । विश्वस्त स्रोतका अनुसार देउवाले आइजीपी वसन्तराज कुँवरसँग समेत समन्वय बनाएर प्रहरीमा आफ्नो नियन्त्रण रहने गरी सरुवाको वातावरण तयार गरेका हुन् । यो घटनासँगै प्रचण्डको भ्रष्टाचार र संगठित अपराधविरुद्धको अभियानमा धक्का लागेको छ । देउवाले अब आफूनिकटस्थहरुलाई सुरक्षित बनाउन सकेका छन् । तर, माओवादीभित्र पनि नयाँ तरंग आउने देखिएको छ । गृहमन्त्री समेत रहेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ असन्तुष्ट हुँदै राजीनामाको तयारीमा छन् ।

सम्बन्धित समाचार