विश्वमा नेपालको नाम चिनाउने राजुलाई तेक्वान्दो संघ बागमती प्रदेशद्वारा सम्मान

17.9k Shares

ललितपुर । नेपाल तेक्वान्दो संघ बागमती प्रदेशद्वारा अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नै व्यक्तिगत पहलमा तेक्वान्दो खेलबाट विश्वमा नेपाललाई चिनाउन सफल राजु नगरकोटीलाई सम्मान गरिएको छ ।
नेपाल तेक्वान्दो संघका बागमती प्रदेशका संयोजक केशव पुरी र महासचिव हरिहर ढुंगानाले संयुक्तरुपमा खादा तथा सम्मानपत्रद्वारा नगरकोटीलाई सम्मान गरिएको हो ।
सो सम्मान कार्यक्रम बागमती प्रदेशको कार्यालय ललितपुरको मानभवनमा एक कार्यक्रमको आयोजना गरी नगरकोटीलाई थप हौसला बढाउने उद्देश्यका साथ सम्मान गरिएको बागमती प्रदेश प्रमुख केशव पुरीले जानकारी गराएका थिए । सो कार्यक्रममा तेक्वान्दो खेल र खेलाडीलाई माया गर्ने तेक्वान्दोका वरिष्ठ प्रशिक्षक हेमन्त डाँगीलगायतको उपस्थिति रहेको थियो । 

नगरकोटीलाई तेक्वान्दो खेलको माध्यमबाट नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा गौरवाञ्वीत पार्न पु¥याउनु भएको योगदानको कदर गर्दै सम्मान पत्र प्रदान गरिएको थियो । नगरकोटीले विदेशमा रहेर आफ्नै लगानीमा विदेशमा रही तेक्वान्दो खेललाई जिवनको अभिन्न अंगको रुपमा अंगाल्दै नेपालको पहिचान विश्वमा फैलाउने कार्य गर्नुका साथै क्यानडा ओपन जी—वान अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप सन् २०१८ मा कास्यपदक ल्याई नेपालको झण्डा विश्वमा फहराउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा तेक्वान्दो संघ बागमती प्रदेशले बधाईसमेत दिएको थियो ।  

सम्बन्धित समाचार