बरामद सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम मात्रै

20.2k Shares

काठमाडौं, ३० साउन । एक महिनाअघि राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरिएको एक क्विन्टल भनिएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम मात्रै भएको छ । 


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भएर बाहिरिएको ब्रेक शुमा लुकाएर ल्याएको सुन विभागको टोलीले २ साउनमा बरामद गरेको थियो । उक्त सुनलाई सोमबार ब्रेक शुबाटट निकालिएको थियो । 


सोमबार ब्रेक शुबाट निकालेर मंगलबार गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए । गाल्दा सुनको तौल ७३ ग्राम मात्रै घटेको हो । ब्रेक शुबाट निकालेर जोख्दा ६० किलो ७८९ ग्राम भएको थियो । 


राजस्व अनुसन्धान विभागले सिनामंगलबाट सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । 
 

सम्बन्धित समाचार