सुनको भाउमा लगातार ओरालाे

22.3k Shares

काठमाडौ, २५ साउन । सुनको भाउ लगातार चार दिन घटेको छ । यो ४ दिनमा सुनको भाउ भने १२ सय रुपैयाँले घट्न पुगेको छ । जसमा सोमबार, मंगलबार, बुधबार सुनको भाउ क्रमशः १०० र ३०० र १०० रुपैयाँले घटेको थियो । त्यसैगरी आज ७०० रुपैयाँले घटेको छ । 

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार  बिहीबमर छापावाल सुन प्रतितोला ७०० रुपैयाँले घटेर १ लाख ११ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ७५० रुपैयाँ निर्धारण भएको छ । यसअघि, बुधबार छापावाल सुन १ लाख १२ हजार रुपैयाँ कायम भएको थियो । 

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ११ हजार ४५० रुपैयाँ निर्धारण भएको थियो । बिहीबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर तोलाको १३ सय ८० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १३ सय ९० रुपैयाँ कायम रहेको थियो । 

सम्बन्धित समाचार