ललितपुर । गोदावरी नगरपालिका चापागाउँको प्याङगाउँ खेल मैदानमा संचालन हुन लागेको नेपालकै ठुलो धनराशिको रुपमा रहेको पाचौं बीर गणेशमान सिंह स्मृति खुल्ला राष्ट्रिय किकबक्सिङ्ग प्रतियोगिता भब्य रुपमा सफल पार्न विभिन्न समिती गठन गरिएको छ ।
उक्त प्रतियोगितामा समारोहतर्फ संयोजकमा सुरज श्रेष्ठ सह—संयोजकमा बिशालमान श्रेष्ठ र दिपक घिमिरे रहेका छन् । त्यस्तै रेफ्री संयोजकमा राजेन्द्र कपाली सह—संयोजकमा महेश रन्जित रहेका छन् । त्यस्तै सुरक्षा संयोजकमा दयाराम महर्जन, सह—संयोजकहरुमा सुरेन्द्र कपाली, नदिम देशार र मदन महर्जन छन् । त्यस्तै आर्थिक संयोजकमा बिनोद महर्जन सह—संयोजकमा सरोज कुमार श्रेष्ठ छन् ।
अतिथि सत्कार संयोजकमा सागर चित्रकार सह—संयोजकमा दिनेश घोरासाईने, द्वारिका श्रेष्ठ , महेश महर्जन र नबराज कुँवर छन् । भोजन ब्यबस्थापनतर्फ संयोजकमा राजेन्द्र महर्जन, सह—संयोजकमा सुनन्द महर्जन (श्याम) र सम्पुर्ण महर्जन रहेका छन् ।
आगामी भाद्र २१ गतेदेखि संचालन हुने उक्त राष्ट्रिय किकबक्सिङ प्रतियोगिताको तौल समुह पुरुष ५० केजी, ५५केजी, ६० केजी ६५ केजी ७० केजी र खुल्ला तौल समुह रहेको छ । त्यस्तै महिला तौल समुहमा ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी र खुल्ला तौल समुह रहेको छ ।
प्रत्येक तौल समुहमा प्रथम हुने खेलाडीलाई ३० हजार रुपैयाँ, दोस्रो हुने खेलाडीलाई १५ हजार रुपैयाँ र तृतीय हुने २ जना खेलाडीलाई जनही ८— ८ हजार रुपैयाँ प्रदान गरिने छ । त्यस्तै उत्कृष्ट पुरुष १ जना खेलाडीलाई २५ हजार रुपैयाँ र महिला उत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ प्रदान गरिने छ ।
प्रतियोगिताको सबै भन्दा बढी स्वर्ण हासिल गर्ने प्रथम टीम च्याम्पियनलाई १ लाख रुपैयाँ, दोस्रो टीम च्याम्पियनलाई ५० हजार रुपैयाँ र तृतीय हुने टिम च्याम्पियनलाई २५ हजार रुपैयाँ प्रदान गरिने आयोजक कमिटीका अध्यक्ष तथा ललितपुर जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष बिनोद महर्जनले जानकारी गराएका छन् ।
लौह पुरुष सर्बमान्य नेता गणेशमान सिंहको सम्झनामा संचालन गर्न लागिएको सो प्रतियोगिता यो पाचौं पटक हो । आगामी भदौ २१, २२ र २३ गतेदेखि लगातार ३ दिनसम्म चल्ने उक्त प्रतियोगिताको परिकल्पनाकार बागमती प्रदेश सभा सदस्य, राष्ट्रिय खेलकुद परिषद पूर्व कोषाध्यक्ष, ललितपुर किकबक्सिङ्ग संघ संरक्षक खेलकुद जगतका हस्ती माननीय मीनकृष्ण महर्जन रहेको अध्यक्ष बिनोद महर्जनले खोजतलासलाई जानकारी गराउनुभएको छ ।