महोत्तरीमा बाढीले बगाउँदा एक बेपत्ता, खोजी कार्य जारी

19.1k Shares

बर्दिबास, २४ साउन । महोत्तरीमा खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन् । सोनमा गाउँपालिकाको मरहा खोलाले मङ्गलबार साँझ बगाउँदा ३८ वर्षीय जाबिर अन्सारी बेपत्ता भएका हुन् ।  

 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एबम प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीका अनुसार मरहा खोला तर्ने क्रममा जाबिरलाई बाढीले बगाएको थियो । उनी खोलामा बेपत्ता भए पछि अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उनको खोजी गरिरहेका छन् ।  

सम्बन्धित समाचार