सिंहदरबारमा संसदीय दलको बैठक जारी, संसद अबराेधवारे छलफल

17.3k Shares

काठमाडौं, २२ साउन। सत्तारूढ नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी रहेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बिहान ८ बजेदेखि जारी रहेको हो । केन्द्रिय समिति बैठक सम्पन्न गरिएको भोलीपल्ट माओवादीले संसदीय दल बैठक डाकेर संसदमा प्रस्तुत हुने र बिषय छनौट गर्ने बिषयमा छलफल गर्ने बुझिएको छ । 

गत साउन १२ गते देखी भएको संसद्को गतिरोध अन्त्यका लागि पार्टीले संसदमा खेल्ने भूमिका र सरकारको पछिल्ला काम कारबाहीलगायत विषयमा छलफल भइरहेको नेताहरूले जनाएका छन् ।
 

सम्बन्धित समाचार