कायस्थले पाए बागमती प्रदेश सचिबको जिम्मेवारी

21.5k Shares

काठमाडौं । नेपाल विद्यार्थी संघ पुर्ब ललितपुर जिल्ला संयोजक उमेश मेहेर कायस्थले तरुण विभाग बागमती प्रदेशको सचिवमा नियुक्त भएका छन् । 
माघ २६ गते सोमबार एक कार्यक्रमबीच पुर्ब वन मन्त्री नेपाली कांग्रेस केन्द्रयी  सदस्य तथा तरुण बिभाग प्रमुख शंकर भन्डारीले  बागमती तरुण बिभाग सचिबको जिम्मेवारी कायस्थलाई दिएका छन् ।


कायस्थ ललितपुर क्षेत्र नम्बर १ का लोकप्रिय युवा नेताको रुपमा परिचित छन् । कायस्थ विद्यार्थी कालदेखि नै  राजनितिमा सक्रिय थिए । कायस्थ सामाजिक क्षेत्रमा पनि सक्रिय मानिन्छ । कायस्थ २०७० सालको दोस्रो संबिधान सभा निर्बाचनमा युवा परिचालन कमिटीको सचिबको जिम्मेवारी भएर कांग्रेस उम्मेदवारलाई जिताउन अहम भुमिका निर्बाह गरेका थिए भने संयोजक लोकप्रिय युवा नेता खेलकुद बिभाग सचिब मीन कृष्ण महर्जन रहेका थिए । 

सम्बन्धित समाचार