सर्लाहीको बलरा नाकाबाट तस्करी, लाइन चन्दन सिंहलाई

23.8k Shares

सर्लाही  ।  मधेस प्रदेशका नाकामा तस्करी धन्दा राेकिएकाे छैन । पछिल्लो समय सर्लाहीका नाकाहरूबाट व्यापक तस्करी भैरहेको छ । सर्लाहीको पनि बलरा नाकाबाट अहिले तस्करी चलिरहेको छ । तस्करीकाे लाइन चन्दन सिंहलाई दिएको समेत खुलेको छ । 
सर्लाहीका प्रहरी उपरीक्षक नरेश कुमार सुवेदीले तस्करी चलाएको छैनन्, तस्करबाट रकम खाएका छैनन् भनिन्छ तर तस्करी नियन्त्रण गर्न किन सकेनन् त ? भन्ने प्रश्न पनि उठेको छ । तस्करी नचलाउने र तस्करबाट रकम नखाने वा नखाएकाे हो भने तस्करी नियन्त्रण हुनुपर्ने हो, गर्नुपर्ने हो र तस्करी गराउने मातहतका थाना चाैकी प्रमुखदेखि घुमुवासम्मलाई कारबाही गर्नुपर्ने हो जाे तस्करीमा संलग्न छन् । त्यो अवस्था पनि देखिदैन । उनी चाइना तालिममा गएको बेला निमित्त एसपी बनेका डिएसपी दिपेन्द्र पन्जियार थारूले राम्रोसँग लाइन चलाए । तस्करहरूले प्रहरी सेटिङमा ठूलो तस्करी धन्दा चलाए । अहिले केही कमी देखिए पनि बलरा नाकाबाट भने व्यापक तस्करी चलिरहेको छ । तस्करीकाे प्रमुख लाइन चन्दन सिंहलाई दिइएको छ र सिंहलाई तस्करीकाे सबै सेटिङ मिलाइदिने काम घुमुवा कमान्डर बरिष्ठ सई अरूण यादवले गरिरहेका छन् ।
चिनी तस्करको रूपमा ख्याति कमाएका चन्दन सिंहले बलरा नाका स्थित सशस्त्रका बिअाेपीपति समेतलाई मिलाएर तस्करी गरिरहेका छन् । उनलेे अरू तस्करहरूकाे प्रहरी तथा  सशस्त्र प्रहरीसंग लाइन मिलाइ दिने काम गर्ने गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एक प्रहरी निरीक्षकले बताए । केही महिना अघि जिल्लाका तत्कालीन डिएसपी बिजय श्रेष्ठले तस्करीकाे चिनी सहितको १० चक्के ट्रक पक्राउ गरेका थिए । उक्त चिनी यिनै चन्दन सिंहको रहेको खुलासा भएको थियो । अहिले यिनै चन्दन सिंहले बलरा नाकाबाट आफू र अरू तस्करहरूकाे लाइन घुमुवा कमान्डर अरूण यादवको सेटिङमा चलाई रहेका छन् । तस्कर सिंहसंग अरूणकाे कति नजिकको सम्बन्ध छ भन्ने कुरा केही दिन पहिले उनीहरू बैष्णव देवी भारत भ्रमणमा संगै गएकाे कुराले पनि पुष्टि गरेको छ । चन्दन सिंह बाहेक मलंगवाबाट तस्करीकाे लाइन पाउने अर्को व्यापारी हुन अशोक । उनले व्याट्रीकाे ठूलो काराेवार गरिरहेका छन् । त्यो सेटिङ मिलाउने काम पनि घुमुवा अरूणले गरेका हुन। अहिले सर्लाहीमा अरूणकाे कमान्डमा सहायक हवल्दार रामअयाेध्या यादव समेतको घुमुवा टाेली रहेको छ। सहायक हवल्दार यादव विगत ६ बर्षदेखि सर्लाहीमा घुमुवाकाे रूपमा कार्यरत छन् ।

सम्बन्धित समाचार