एकचोटि जनप्रतिनिधि हुने अबसर दिनुस् चापागाउँको मुहार फेरेर देखाई दिन्छु ः महर्जनले 

19.3k Shares

ललितपु्र । गोदावरी नगरपालिकाको वडा नम्बर ११ स्थिति चापागाउँमा प्राकृतिक बहुउद्देश्यीय सहाकारी संस्था लिमिटेडको आज शनिबार उद््घाटन भएको छ ।
उक्त उद््घाटन कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद पुर्ब कोषाध्यक्ष नेपाली कांग्रेस केन्द्रिय खेलकुद बिभाग सचिब तथा युवानेता मीन कृष्ण महर्जन र गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनले सयुक्त रुपमा उक्त सहकारीको पानसमा बत्ति बालेर र रिबन काटेर उद्घाटन गरिएको थियो । 
उक्त कार्यक्रममा प्रमुख अतिथी मीन कृष्ण महर्जनले चापागाउँमा सहकारी धेरै भएको र ललितपुर जिल्ला भरी नै वडा मध्येमा सबै भन्दा बढी जनसंख्या भएको वडा रहेको, धार्मिक तथा पुरातात्वीक हिसाबमा पनि प्रख्यात रहेको यस चापागाउँमा असक्षम संघीय सांसद र प्रदेश सांसदका कारण चापागाउँको बिकास पछि परेको महर्जनले बताए ।  महर्जनले भने मेरो एकचोटि तपाईहरुले परिक्षा लिनुस,  एकचोटि जनप्रतिनिधि हुने अबसर दिनुस् चापागाउँको मुहार नै फेरि दिने उनले सो कार्यक्रममा उद्घोष गरेका थिए । यदि मैले चापागाउँको मुहार फेर्न नसकेमा दोस्रो चोटि तपाईहरुको दैलोमा आएर भोट माग्न नआउने उद्घोष  गर्नुका साथै महर्जनले आफू जनप्रतिनिधि नभएको अवस्थमा पनि चापागाउँको बाटोघाटो मठ मन्दिर पोखरी र चापागाउँको बासिन्दाहरुलाई  सुख दुःखमा हमेसा साथ दिँदै आएको बताए ।  त्यो सबैले मनन् गर्नुका साथै वास्तविकता घाम जस्तै छर्लङ्ग भएको महर्जनले  बताएका थिए । महर्जनले आफू बदनाम भएर पनि चापागाउँका युवाहरुको निमित्त आर्थिक रुपमा बलियो बनाउने काम गरेको बताए । महर्जन चापागाउँ आफ्नो जन्मथलो भएको कारण यहाँका स्थानीय गरिबलाई धनी बनाउने, गलत बाटोमा लागेकाहरुलाई सहि बाटोमा ल्याउने, बिरोजगारीहरुलाई रोजगारी दिने र बिकासको फड्को मार्नको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको महनर्जनले बताएका थिए ।
उक्त कार्यक्रममा गोदावरी नगरपालिका उपमेयर मुन्ना अधिकारी वडा अध्यक्ष निल बहादुर देशार, चार्चित राष्ट्रिय कलाकार प्रताप दास, निशा देशार, शशी पुन (देशार)  साहित्यकार बरिष्ठ समाजसेवी जोग मोहन मेहेर कायस्थ, ने.का.गोदावारी नगर समिति सभापति सुरज श्रेष्ठ तरुण दल ललितपुर क्षेत्र नम्बर १ सचिब अनिल श्रेष्ठ समेतको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन ने.बि.संघ ललितपुर जिल्ला पुर्ब जिल्ला अध्यक्ष उमेश मेहेर कायस्थले संचालन गरेका थिए । उक्त सहाकारीमा ३ सय भन्दा बढी शेयर सदस्य रहेको उक्त संस्थाका अध्यक्ष प्रगेश देशारले जानकारी गराएका छन् ।

सम्बन्धित समाचार