राष्ट्रपतिद्वारा सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी अध्यादेश जारी

19.4k Shares

काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी अध्यादेश ल्याएको छ ।

सरकारले आज (शुक्रवार) बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग  (तेस्रो संशोधन) अध्यादेश, २०७७ ल्याएको हो ।

त्यस्तै आज नै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।

सम्बन्धित समाचार