14.7k
Shares
काठमाडौँ । कैलालीको गोदावरी नगरपालिका–३ स्थित चौकिडाँडामा दुर्घटनामा परेर प्रहरी जवानको मृत्यु भएको छ ।मोटरसाइकलमा सवार प्रहरी जवान कपिल कठायतको उपचारको क्रममा मृत्यु भएको छ । गएराति कठायतले चलाएको सुप प्रदेश–७३२० नम्बरको मोटरसाइकल र सुप प्रदेश–६४१९ नम्बरको ट्याक्टर आपसमा ठोक्किएको थियाे।
कपिल कठायत नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत थिए । मोटरसाइकल पछाडि सवार अर्का प्रहरी जवान हेमराज डाउडा घाइते छन् । उनको उपचार भइरहेको छ । घटनाबारे इलाका प्रहरी कार्यालय मालाखेतीले अनुसन्धान गरिरहेको छ ।