थप ६ कार्टुनमा सुन भेटिएन

16.2k Shares

काठमाडौं । एक क्विन्टल सुन भित्र्याउने रेडी ट्रेडर्स र दोलखा ट्रेडर्सको नाममा आएको ६ प्याकेट कार्टुनमा सुन नभेटिएको राजस्व अनुसन्धान विभागले जनाएको छ । गत हप्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट बरामद भएका थप कार्टुनमा सुन भएको अशंकामा विभागले अनुसन्धान गरिहेको थियो । बुधबार उक्त कार्टुनको अनुसन्धान सकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार गोदाम तथा पारवहन व्यवस्थापन विभागमा बुझाएको विभागले जनाएको छ । 

उक्त रेडी ट्रेडर्सको नाममा आएको थप एक कार्टुनमा स्याम्पिंग मेसिन र दोलखा ट्रेडर्सको चार कार्टुनमा सामान्य सामान र एक कार्टुनमा जेनरेटर पाइएको विभागले जनाएको छ । त्यस्तै,रेडी ट्रेडर्सको सोह्रखुट्टे गोदाममा र व्यापारी राकेश अडुकियाको घरमा राजस्व अनुसन्धान विभागले बुधबार छुट्टाछुट्टै रुपमा छापा मारेको छ । राजस्व अनुसन्धान विभागले पक्राउ गरेको व्यक्तिहरुको वयानका आधारमा अडुकियाको घरमा छापा मारेको विभाग स्रोतले बताएको छ ।

विभागले एक क्विन्टल सुन तस्करी प्रकणमा संलग्न रेडी ट्रेडर्स प्रालिको गोदाममा र सुन प्रकरणको प्रमुखको रुपमा आशंका गरिएका व्यापारी राकेश अडुकियाका कमलपोखरीस्थित घरमा छापा मारेको हो । छापा मार्ने क्रममा गोदामबाट ठूलो परिमाणमा ‘ब्रेक शु’ बरामद गरिएको छ । 

सम्बन्धित समाचार