17k
Shares
धनगढी, १० साउन । कर्णाली नदीमा बुडेर एक जना बेपत्ता भएका छन्।
कैलालीको मोहन्याल गाउँपालिका–७ बडिगाउँ स्थित कर्णाली नदीमा डुबेर एक जना बेपत्ता भएका हुन्। नुहाँउने क्रममा मोहन्याल गाउँपालिका–७ का ४५ वर्षीय कृष्णप्रसाद खनाल मंगलवार साँझ नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ।
बेपत्ता खनालको खोजतलास गर्नुका साथै आवश्यक अनुसन्धान समेत भइरहेको प्रहरीले बताएको छ।