हकप्रद सेयरको आकार बढाउँदै बलेफी हाइड्रोपावर

18.2k Shares

काठमाडौ,  ३ साउन । बलेफी हाइड्रोपावर लिमिटेडले प्रस्तावित हकप्रद सेयरको आकार बढाएको छ। कम्पनी सञ्चालक समितिको बसेको बैठकले चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो।

यसअघि गत फागुन १२ गते बसेको सञ्चालक समितिलेको बैठकले चुक्तापुँजीको ५० प्रतिशत अर्थात १ः०.५ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो। 


यसअघि प्रस्तावित हकप्रद सेयर बिक्रीबाट उठ्ने पैसाले बैंकको कर्जा कम गर्न नपुग्ने भएकोले आकार बढाउनुपरेको कम्पनीले जनाएको छ। प्रस्तावित हकप्रदको अजेन्डा आगामी वार्षिक साधारणसभाबाट स्वीकृत गरी निष्कासन प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ। 

सम्बन्धित समाचार