एजेन्सी । उत्तरी सिक्किमको नाकु ला क्षेत्रमा दुई देशका सैनिकहरूबीच झडप भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएको छ । इन्डिया टुडेले सैन्य स्रोतलाई उद्धृत गर्दै झडपमा २० चिनियाँ र ४ भारतीय सैनिक घाइते भएको जनाएको हो । चिनियाँ सैनिक भारतीय भूमिमा आउन खोजेपछि भारतीय सेनाले रोकेको समाचारमा उल्लेख छ । अहिले झडप भएको स्थानमा अवस्था तनावपूर्ण भए पनि स्थिर रहेको जनाईएको छ ।
पछिल्लो समय सीमामा स्थिति नियन्त्रणमा लिन दुबै देशले सैन्य तथा कूटनीतिक स्तरका वार्तालाई जारी राखेका बेला नाकु लाको घटना भएको हो । नाकु लामा झडप भएकोबारे चिनियाँ पक्षले भने कुनै जानकारी दिएको छैन।भारत र चीनबीच अहिलेसम्म सीमा निर्धारण हुन सकेको छैन। पूर्वको अरूणाञ्चलदेखि पश्चिममा आस्काई चीनसम्म दुई देशले आआफ्नो दाबी गरेपछि यी मुलुकको सीमा विवाद टुंगिन सकेको छैन । भारत र चीनबीच नबौ चरणको बार्ता भैरहेको छ । भारत सम्पूर्ण क्षेत्र चीनलाई आफ्नो सैनिक बल हटाउन माग गरिरहेको संचारमाध्यममा उल्लेख छ ।