लोकतान्त्रिक खेलकुद विभागको बिबाद अन्त्य

20.7k Shares

काठमाडौं । विगत लामो समयसम्म विवाद रहेको लोकतान्त्रिक खेलकुद संघको बिबाद अन्त्य भएको छ ।
लोकतान्त्रिक खेलकुद संघ बिबादका कारणले गर्नुपर्ने खेलकुद गतिविधि प्रायः शून्य अवस्थामा रहेको थियो । अध्यक्ष देबेन्द्र शेरचर र सचिब सुबोध प्रधान बीच विवादका कारण बोलचाल नै बन्द अबस्थामा थियो ।  नेपाली कांग्रेस खेलकुद बिभाग प्रमुख पुर्बमन्त्री मोहन बहादुर बस्नेतले अध्यक्ष शेरचर र सचिब प्रधान लगायत कार्यसमितिलाई नेपाली कांग्रेस केन्द्रिय कार्यलय सानेपामा बोलाई सयुक्त बैठक राखी लोकतान्त्रिक संघ एक भएर नगए लोकतान्त्रिक संघ नै विघटन गरिदिने चेतावनी दिएपछि लोकतान्त्रिक सघंका पदाधिकारीहरुले एक भएर जाने निर्णय गरेका हुन्  । अध्यक्ष शेरचर, सचिब प्रधान र अन्य सदस्यहरुले खेलकुद विभाग प्रमुख बस्नेतको चेतावनीपछि एक भएर अगाडि बढ्ने निर्णय गरेका हुन् । 
लोकतान्त्रिक खेलकुद संघ ६ बर्षदेखि नै विवादका कारण गतिविधि सुन्य रहँदै आएको थियो । लोकतान्त्रिक खेलकुद संघमा विवाद साम्य भएपछि खेलकुद बिभाग प्रमुख बस्नेतले खेलकुद बिभागले शिर्ष नेताहरूको सम्झनामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने लोकतान्त्रिक संघलाई प्रदेश स्तरीय खेलकुद प्रतियोगिता गर्न  निर्देशन समेत दिएका थिए । उक्त संयुक्त बैठकमा बिभाग सचिब मीन कृष्ण महर्जनले  राष्ट्रिय खेलकुद परिषदमा कम्युनिस्टहरुले मनपरितन्त्र गरी रहेको र डेमोक्रेटिकप्रति आस्था राख्नु हुने कर्मचारीहरु संघका पदाधिकारीहरुलाई डेमोक्रेटिक भएकै कारण हेप्ने पेल्ने काम भइरहेकोले खेलकुद परिषदभित्र नै लोकतान्त्रिक खेलकुद संघले खबरदारी गर्नुपर्ने महर्जनले बताए छन् । सचिब महर्जनको उक्त उद्घोषपछि खेलकुद बिभाग प्रमुख बस्नेतले राष्ट्रिय खेलकुद परिषदमा भईरहेको अनैतिक गतिविधि कांग्रेस केन्द्रिय बैठकमा कुरा उठाउने जानकारी गराएका थिए । 
सो कार्यक्रममा खेलकुद बिभाग र लोकतान्त्रिक संघले संयुक्त रुपमा रकम संकलन गरी खेलकुद परिषदमा कार्यरत कराते प्रशिक्षक उत्तम राईको धर्मपत्नीको उपचारको लागि बिभाग प्रमुख बस्नेत मार्फत् ५० हजार राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघ महासचिव फरेन्द्र पौडेललाई हस्तान्तरण गरेका थिए । 

सम्बन्धित समाचार