सिन्धुपाल्चोकलाई तेक्वान्दोमय बनाएको छु ः प्रशिक्षक प्रेम भण्डारी

21k Shares

करिब ३१ वर्ष अगाडि खेलकुदमा लागेका प्रेमबहादुर भण्डारी हालसम्म खेलक्षेत्रलाई नै अंगालिरहेका छन् । 
भण्डारी तेक्वान्दोका पाँचौं डानबाट छैटौं डानका लागि केही दिनपछि नै ग्रेडिङका लागि तयारीमा छन् । सिन्धुपाल्चोक बलेफी गाउँपालिका—३ फुल्पीङकोटमा ४५ वर्ष अगाडि जन्मिएका भण्डारीले हाल सिन्धुपाल्चोकमा तेक्वान्दो खेलका हजारौं खेलाडीहरु उत्पादन गरिसकेका छन् । भण्डारीद्वारा उत्पादित खेलाडीहरुले राष्ट्रिय तथा अन्तर्राष्टिय क्षेत्रमा भएको प्रतियोगिताहरुमा सहभागिता जनाई देशको झण्डा फहराइसकेका छन् ।
हाल भण्डारीले आफ्नो गृहजिल्ला सिन्धुपाल्चोकलाई आफ्नो कर्मथलोको रुपमा लिई जिल्लाकै खेलकुदप्रति चाहना राख्ने हजारौं खलाडीहरुलाई प्रशिक्षण दिँदै आइरहेका छन् ।
 भण्डारीले नेपाल तेक्वान्दो संघले आयोजना गरेका सम्पूर्ण तालिमहरु पूरा गरिसकेका भण्डारी आफू खेलाडी भएकोमा आफू सन्तुष्ट भए पनि राष्ट्रले खेलाडीलाई हेर्ने दृष्टिकोणले चाहिँ आफू साह्रै दुःखी भएको बताउँछन् । राष्ट्रले खेलाडीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआए खेलकुद क्षेत्र विकासमा नेपाल विश्वमा पुछारमा पर्ने सम्भावना रहेको छ । सोही कारण पनि नेपालमा खेल क्षेत्रमा लागेर आफ्नो भविष्य नदेखेपछि राम्रा र सक्षम खेलाडीहरु विदेशमा खेल्न गएका बेला उतै पलायन भएका घटनाहरु धेरै भएको भण्डारी बताउँछन् । खेलकुद क्षेत्रलाई हेर्न गठन गरेको राष्ट्रिय खेलकुद परिषद्ले खेलकुद क्षेत्रलाई राजनीतिक भर्ती केन्द्रका रुपमा र आफ्ना कार्यकर्ताहरुलाई खेलाडीको रुपमा विदेश शयर गराउने संस्थाको रुपमा परिचित भएकै कारणले पनि पछिल्लो समय नेपालको खेलकुद क्षेत्र खस्कँदै गएको छ ।
तेक्वान्दो खेलकै शिलसिलामा भण्डारीले प्रशिक्षक र खेलाडीका रुपमा कोरिया, जापान, चीन, मलेसिया, थाइल्याण्ड, सिंगापुर, हङकङ, कम्बोडिया, दुबई, सार्क राष्ट्रलगायत थुप्रै राष्ट्रहरुमा गई आफ्नो प्रतिभा देखाइसकेका छन् । यस्ता खेलाडीहरुलाई राष्ट्रले हेर्ने दृष्टिकोण भने फरक रहेको भण्डारी बताउँछन् ।
भण्डारी हाल प्रशिक्षकका रुपमा मात्र नभई खेलाडीका रुपमा पनि परिचित छन् । भण्डारीले सन् २०१६ मा कोरियाको मुजु शहरमा भएको वर्ल्ड पार्टनरसिप तेक्वान्दो प्रशिक्षणका लागि नेपाल तेक्वान्दो संघले तेक्वान्दो खेलप्रति उत्कृष्ट कार्य गरेवापत भण्डारीलाई प्रशिक्षणका लागि पठाएको थियो । त्यतिबेला उत्कृष्ठ प्रशिक्षण लिई समयमै नेपाल फर्किने खेलाडीको रुपमा भण्डारी रहेका छन् । 
त्यस्तै, २०१७ मा भुटानको थिम्पुमा भएको तेस्रो अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाली टिमको नेतृत्व गरी टिमलाई नै तेस्रो बताउन भण्डारीले टिम कोचको महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यस्तै, २०१७ मै कोरियाको मुजु शहरमा भएको ११ औं वर्ल्ड तेक्वान्दो कल्चर एक्स्पो प्रतियोगितामा पुम्सेतर्फ दोस्रो र फाइटतर्फ दोस्रो भई नेपालको झण्डा फहराउन सफल बनेका थिए भण्डारी । 
११ औं वर्ल्ड तेक्वान्दो कल्चर एक्स्पो प्रतियोगितामा सहभागिता जनाउन गएका नेपाली टिमको नेतृत्व गरेका भण्डारीले प्रतियोगिता हुनुभन्दा पाँच दिन अगाडि तेक्वान्दो सेमिनार, तेक्वान्दो डान्स, डेमोस्ट्रेसन, सेल्फ डिफेन्सका तालिमहरु पनि सहभागिता जनाएका थिए ।
पछिल्लो ४ महिना अगाडि भएको प्रथम कागेश्वरी मनोहरा राष्ट्रिय खुल्ला  तेक्वान्दो अनलाइन प्रतियोगितामा सहभागी भै १२ हजार भन्दा बढी भ्यु प्राप्त गरि पपुलर खेलाडीबाट सम्मानित भएको थिए  । २०१७ मै कोरियाका आन्याङ्ग शहरमा वर्ल्ड तेक्वान्दो हान्मादाङ्गमा पनि भण्डारीले सहभागिता जनाएका थिए । सो प्रतियोगितामा विश्वका ८६ राष्ट्रले प्रतिनिधित्व जनाएको नेपालको तर्फबाट भण्डारीले पाँचौं स्थान ल्याउन सफ लबनेका थिए । 
२०१७ मै नेपाली टिमको नेतृत्व गरेर मकाउमा भएको मकाउ ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाएका भण्डारीको टिमले दोस्रो स्थान ल्याउन सफल बनेको थियो । त्यस्तै, २०१७ मै कम्बोडियामा आयोजना भएको एशियन कुकिवन तेक्वान्दो हान्मादाङ्गमा पनि भण्डारीले दोस्रो स्थान ल्याउन सफल बनेका थिए ।
२०१८ मा भुटानका भएको तेस्रो अन्तर्राष्ट्रिय पुम्से प्रतियोगितामा व्यक्तिगततर्फ भण्डराी प्रथम स्थान ल्याउन सफल बनेका थिए भने कोरियामै २०१८ मा भएको १२ औं वर्ल्ड कल्चर एक्स्पो प्रतियोगितामा फाइट तर्फ प्रथम र पुम्सेतर्फ दोस्रो भई दोहोरो पदक ल्याउन सफल बनेका थिए । त्यस्तै, कोरियाको जेजु शहरमा भएको वर्ल्ड तेक्वान्दो हान्मादाङ्गमा प्रतियोगितामा पनि उत्कृष्ठ प्रदर्शन गरी भण्डारीले सहभागिता जनाएका थिए । 
जपानको ओसाका सिटीमा भएको सर्त्रौं वाटा खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता पनि उत्कृष्ट सहभागिता जनाएका थिए भण्डारीले । २०१९ मा भुटानमा भएको चौथो अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सिनियर पुम्सेतर्फ प्रथम स्थान हालिस गरेका थिए । भने फाइटतर्फ दोस्रो स्थान ल्याउन सफल भएका थिए ।  भारतको आसोन्सल शहरमा भएको प्रथम अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता र इन्डो नेपाल अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितामा वेस्ट कोचको रुपमा सम्मानित भएका थिए भण्डारी । 

सम्बन्धित समाचार