कुटपिटको आरोपमा एकजना पक्राउ

17.8k Shares

विराटनगर, २६ असार । साइकल चालकमाथि कुटपिट गरेको आरोपमा एकजना पक्राउ परेका छन् । मोरङ विराटनगर–४ दुधफारमस्थित कोशी राजमार्गमा साइकल चालक विराटनगर–६ बस्ने २७ वर्षीय पवन साहलाई कुटपिट गरेको आरोपमा १९ वर्षीय आयुष भेटुवाल पक्राउ गरेको प्रहरीले जनाएको छ । 

बा. १५ च ३४४५ नम्बरको कारमा सवार आयुषसहित कुशल भेटुवाल र रोशन कार्कीले साहमाथि कुटपिट गरेको आरोप लागेको छ । कारबाट झरेर साहमाथि मुक्का प्रहार गर्दै घिसारेर घाइते बनाएको उनीहरुमाथि आरोप छ । आरोपितमध्ये आयुषलाई पक्राउ गरिएको र दुईजना फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ । उनीहरु विरुद्ध ज्यान मार्ने उद्योगमा म्याद थप भई कानुनी कारबाही अगाडिड बढाइएको जनाइएको छ ।  
 

सम्बन्धित समाचार