हत्या आराेपमा एकजना पक्राउ

20k Shares

नवलपरासी(पश्चिम), २५ असार ।  रामग्राम नगरपालिका-१० मंझरिया बस्ने २५ वर्षीया मिरा चौधरीको हत्या गरेको अभियोगमा उनकै देवर २७ वर्षीय चन्दन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । 

जग्गाको बिषयलाई लिएर वादविवाद एवम् झैं-झगडा हुँदा चन्दनले मोटरसाइकलको शकरले प्रहार गर्दा गम्भीर घाइते भएकी मिरा चौधरीको जिल्ला अस्पताल परासी हुँदै मेडिकल कलेज भैरहवा रूपन्देहीमा थप उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम)बाट खटिएको प्रहरीले चन्दनलाई पक्राउ गरेको हो । 

 

सम्बन्धित समाचार