निर्मला पन्त बलात्कार र हत्या अपराधको अनुसन्धान अन्यौलमै, कारबाहीमा परेका प्रहरी काममा फर्किए

16.5k Shares

काठमाडौं, १७ पुस । कञ्चनपुरमा भएको निर्मला पन्त बलात्कार र हत्या अपराधको अनुसन्धानलाई लिएर कारबाहीमा परेका प्रहरीहरु जागिरमा पुनर्बहाली हुन थालेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट अनुसन्धानका लागि अपराधस्थलमा पुगेका प्रहरी नायब उपरीक्षक (डीएसपी) अंगुर जिसी, प्रहरी नायब निरीक्षक (सई) रामसिंह धामी र प्रहरी जवान चाँदनी साउद असोज अन्तिम साता नै जागिरमा फर्किइसकेका छन् ।
बर्खास्तीमा परेका अन्य दुई अधिकृतलाई पनि जागिरमा फर्काउने निर्णय सरकारले गरेको छ । तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टलाई पुनर्बहाली गर्ने निर्णय बुधबारको मन्त्रिपरिषद् बैठकले गरेको हो ।
३० असोजमा गरेको कुराकानीमा निर्मला प्रकरण चाँडै निष्कर्षमा पुर्‍याइने (आईजीपी) शैलेश थापा क्षेत्रीले बताएका थिए । उनले सीआईबीको एउटा टोलीलाई अझै कञ्चनपुरमा राखेका छन् । यद्यपि, अनुसन्धानले गति लिन भने सकेको छैन ।

सम्बन्धित समाचार