वागमती प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, तीन मन्त्रीले दिए राजीनामा

16.5k Shares

काठमाडौं, पुस १० । वागमती प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । दर्ता प्रक्रियामा सहभागी एक सांसदले भने, ‘दर्ता भएको छ। हाम्रो दर्ता नम्बर १ हो, हामी अहिले यहिँ छौं ।’ उनका अनुसार प्रदेश सरकारका तीन मन्त्रीले पनि राजीनामा दिएका छन् ।
संसदमा अविश्वासको प्रस्ताव दर्ता भएसँगै तीन मन्त्रीले राजीनाम दिएका छन्। आन्तरिक मामिलामन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल र उद्योग पर्यटन तथा वनमन्त्री अरुणकुमार नेपालले राजीनामा दिएका हुन् । ४५ जना सांसदको हस्ताक्षरसहित हेटौडामा अविश्वासको प्रस्ताव दर्ता भएका हो । सभामुख र उपसभामुखसहित एक सय १० सदस्य रहेको प्रदेश सभामा बहुमतका लागि ५४ मत आवश्यक पर्छ ।

सम्बन्धित समाचार