पशुपतिमा सुनको जलहरी जोख्ने अख्तियारको तयारी [तस्बिरहरू]

22.3k Shares

काठमाडौं, १० असार । अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट गएको अनुसन्धान अधिकृतको टोलीले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरी जोख्ने तयारी गरेको छ 

आइतबार दिउँसो पशुपति पुगेको अख्तियारको टोलीले पशुपति विकास कोषका पदाधिकारीसँग छलफल गरेपछि सुन जोख्ने तयारी गरेको हो । सुन जोख्न सिसिटिभी र बत्ती जडानको काम पनि भइरहेको छ । 

सुनको जलहरी जोख्न अख्तियारको टोलीसँगै गुणस्तर तथा नापतौल विभाग, खानी तथा भुगर्भ विभाग, सुनचाँदी व्‍यवसाय महासंघका प्रतिनिधि समेत त्यहाँ पुगेका छन् ।

 पशुपति परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

newskarkahna-news531731..jpgnewskarkahna-news531732..jpgnewskarkahna-news531733..jpgnewskarkahna-news531734..jpgnewskarkahna-news531736..jpg

सम्बन्धित समाचार