19.8k
Shares
काठमाडौँ । ‘एसपीए सुदूरपश्चिम स्पोर्टस् अवार्ड—२०७९’ असार १५ गते आयोजना हुने भएको छ । यसअघि स्पोर्टस् अवार्ड असार ८ गते हुने भनिएको थियो । तर, प्राविधिक कारणले अवार्ड कार्यक्रम एक साता पछाडि सरेको हो ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले तयारीको काम केही बाँकी रहेकाले असार १५ गते धनगढीको ओम प्यालेसमा कार्यक्रम आयोजना हुने जनाएको छ । चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस् अवार्ड—२०७९’ मार्फत वर्ष २०७९ मा उत्कृष्ट प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न आठ विधामा अवार्ड प्रदान गरिने छ ।