काठमाडौं, ४ असार । ईसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा सिंगापुरको लुलु मनीबाट पनि सुरु भएको छ । ईसेवा मनी ट्रान्सफर र लुलु मनीबीच रेमिट्यान्स सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा ईसेवाका तर्फबाट निर्देशक डेनियल डी श्रेष्ठ र लुलु मनीको तर्फबाट लुलु फाइनान्सियल होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत रिचर्ड एम वासनले हस्ताक्षर गरे ।
दुवै पक्षबीचको यो साझेदारीले रेमिट्यान्स सेवाहरूमा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य राखेको ईसेवाले जनाएको छ। यो सम्झौतासँगै विदेशमा बसोबास तथा काम गर्दै आएका नेपालीले लुलु मनीको शाखामा गई वा वेबसाइट र मोबाइल एप प्रयोग गरेर नेपालमा ईसेवा मनी ट्रान्सफर मार्फत रेमिट्यान्स पठाउन सक्ने छन् ।
कम्पनीका अनुसार अब लुलु मनीबाट पठाएको रेमिट्यान्स ईसेवा मनी ट्रान्सफरका १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र, ईसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट, बैंक तथा वित्तीय संस्थाहरु साथै ईसेवा वालेटबाट सहजै प्राप्त गर्न सकिनेछ । पठाएको नगद सोझै ईसेवा वालेटमा प्राप्त गरी अतिरिक्त ७७ रुपैयाँ बोनस समेत पाउन सकिने कम्पनीले जानकारी दिएको छ ।