त्रिविका उपप्राध्यापक प्रेम चलाउने प्रहरी नियन्त्रणमा

19.2k Shares

काठमाडौ, ४ असार ।  त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने पक्राउ परेका छन् । सोमबार काठमाडौँ जिल्ला अदालत परिसरमा होहल्ला गरेको आरोपमा चलाउनेलाई प्रहरीले पक्राउ गरेको छ।

समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० गते नेविसंघका कार्यकर्ताले साङ्घातिक आक्रमण गरेका थिए । त्रिवि नेविसंघ अध्यक्ष हरि आचार्यको समूहले चलाउनेमाथि आक्रमण गरेको थियो । आचार्यसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा रहेको थियो । मुद्दाको अन्तिम सुनुवाइ मंगलबारका लागि तोकिएको थियो ।  तर, त्यसअघि नै सरकारले नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेको छ । सरकारको निर्णयसँगै चलाउनेले आमरण अनसन बस्ने चेतावनी दिएका थिए ।

सम्बन्धित समाचार