युगाण्डाको विद्यालयमा आक्रमण, २५ जनाको मृत्यु, ८ जना घाइते

18.3k Shares

युगान्डा, २ असार  । पश्चिमी युगान्डाको एक विद्यालयमा एलाइड डेमोक्रेटिक फोर्सका सशस्त्र विद्रोहीहरूको आक्रमणमा परेर कम्तीमा २५ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। आइएसआइएससँग सम्बन्ध रहेको एडिएफका सशस्त्र विद्रोहीहरूले शुक्रबार राति प्रजातान्त्रिक गणतन्त्र कङ्गोसँगको देशको सीमामा रहेको लुबिरिरा माध्यमिक विद्यालयमा आक्रमण गरेको प्रहरीले जनाएको छ।

युगान्डा प्रहरी बलका प्रवक्ता फ्रेड एनान्गाले ट्वीट गरेका छन्  ‘एक छात्रावास जलाइयो र खाना पसल लुटियो। हालसम्म विद्यालयबाट २५ शव निकालेर बवेरा अस्पतालमा सारिएको छ।’ बवेरा अस्पतालमा उपचाररत थप आठ जनाको अवस्था गम्भीर रहेको  सीएनएनले बताएको छ ।

सम्बन्धित समाचार