काठमाडौँ महानगरले तोड्यो अनेरास्ववियुले स्कुलमा लगाएको ताला, पठनपाठन सुचारु

21.2k Shares

काठमाडौ,  ३० जेठ । महानगरपालिकाले दुई वटा स्कुलमा लगाइएको ताला फुटाएर पठनपाठन सुचारु गराएको छ। महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनमा शिक्षा विभागले ती विद्यालयमा पुगेर ताला फुटाउँदै पठन पाठन सुचारु गराएको हो । महानगरपालिकाले सानो भर्‍याङस्थित संस्कृति स्कुल र बाँसबारीस्थित युलेन्स स्कुलमा अनेरास्वविय क्रान्तिकारीले तालाबन्दी गरेको खबर आएको जनाएको छ । 

शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले तालाबन्दी गरिएको खबर प्राप्त भएलगत्तै तत्काल एक्सन लिएर पठनपाठन सहज बनाइएको जानकारी दिए । 

सम्बन्धित समाचार