शरणार्थी प्ररकण : अदालतमा बालकृष्ण खाणको तर्फबाट बहस सुरु

19.8k Shares

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्ररकणमा काठमाडौँ जिल्ला अदालतमा प्रतिवादी बालकृष्ण खाणको तर्फबाट बहस सुरु भएको छ । न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा खाणका वकिल पंकज कर्णले बहस सुरु गरेका हुन् । 
तत्कालीन गृहमन्त्री समेत रहेका खाणले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने नाममा १ करोड २४ लाख नगद बुझेको आरोप छ । 

खाणले भुटानी शरणार्थी समस्या स्थायी र दीर्घकालीन समाधानका उपायहरू पहिल्याउन गठित कार्यदल ले तयार पारेको प्रतिवादेनलाई पुनः मन्त्रिपरिषद्मा प्रस्ताव नै नगरी पीडितहरूलाई विश्वासमा पार्न छुट्टै समिति बनाएको अभियोग छ । मन्त्री खाणले सचिवस्तरीय निर्णयबाट जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति बनाई छुट भएका शरणार्थीको विवरण पुनः भेरिभाई गरी पेस गर्ने समेतको कार्यदेश दिएको खुलेको हो ।

सम्बन्धित समाचार